Aug 22, 2002

मेरो सक्कर क्लब र स्कुल

क्लब र स्कुलको बारेमा,
जापान आगमन पश्चात फुटबलको लागि धेरै स्कुल र क्लबमा हेर्न, खेल्न (टाईकेन) र अन्य अनुभव गरेपनि अन्तिममा रेगुलर रुपमा जे फ्रन्टेज सक्कर स्कुल र मिनामि ईकेबुकुरो फुटबल क्लबमा बिध्यार्थीको रुपमा सधै अभ्यास गरेको छु ।
जे फ्रन्टेज स्कुल, स्पेनको स्टाईलमा खेल्ने र खेलाउने स्कुल हो भने, मिनामि एफसि चाहि जापानी स्टाईलमा सिकाउने क्लब हो ।
जे फ्रन्टेजमा मंगलबार, विहिबार प्राईभेट स्कुल भएकोले महिनावारि फि तिरेर कक्षा लिने गरेको छु भने, मिनामि ईकेबुकुरो एफसिमा शनिबार, आईतबार निम्नतम फि (चिईकि भोलिएन्टर) तिरेर अभिभावकले पनि आलोपालो गरेर हामिलाई सहयोग गर्दै कक्षा हुने गरेको छ ।
साथै, २०१५ फेब्रवरि देखी वमफिन फुटबल जुनियर युथ क्लबमा खेल्ने भएको छु । बिशेष, करिवन डेढ बर्ष बढि कक्षा लिएको जे फ्रन्टेज सक्कर स्कुल २०१५ मार्च अन्तिममा हाम्रो प्राईमरि कक्षा समापन हुदैछ । यो जेफ्रन्टेज स्कुल र मिनामि एफसिमा प्राईमरि कक्षा अर्थात १२ वर्ष सम्मका लागि मात्र कक्षा भएकोले त्यो भन्दा माथीको कक्षाको लागि अर्को स्कुल वा क्लबमा जानुपर्ने हुन्छ । साथै जापानमा १२ वर्ष वा प्राईमरि स्कुल सम्मका खेलाडिलाई धेरै स्कुल र क्बल पाईएपनि मिडिल तहका खेलाडिको लागि भने  अति नै कम भएकोले भर्ना पाउन र खेल्नको लागि साह्रै गाह्रो छ । मेरो पापाले धेरै ठाउमा सोधखोज र अध्ययन अनुसन्धान गरि मेरै एरियाको वमफिन जुनियर युथ क्लबमा परिक्षा पास गरेर मात्र भर्ना हुने सौभाग्य मिलेको छ । साथै मेरो  १९  नंम्वर रोजिदिनु भएको हिगासिजिमा कोचर संग पनि गत ९ तारीखमा भेटेर आगामि ३ बर्ष संगै खेल्ने र मेरो सक्कर क्यारिएरलाई अघि बढाउने प्रयत्न र प्रयास हुने बाचा गरेको छु ।

जेहोस, बिस्तृतमा तलको लिन्कमा केहि झलकहरु  हेर्न सकिन्छ ।
BOMFIM JUNIOR YOUTH CLUB (वमफिन ज्युनियर युथ क्लब)
#प्रत्येक हप्ताको बुधबार,शुक्रवार,शनिबार र आईतबार (शनिबार,आईतबार चाहि अन्तर प्रतियोगितामा सहभागि) खेल्नुपर्ने हुन्छ ।

J-FRONTAGE (सक्कर स्कुल)
*बिगत डेढ बर्ष देखी निरन्तर हप्ताको दुई दिन स्कुल सकिएपछि ५:३० देखी ७:०० बजे सम्म करिवन डेढ घण्टा कक्षा हुन्छ ।

Minami Ikebukuro Football Club (सक्कर क्लब)
*बिगत एक बर्ष अघि देखी शनिबार र आईतबारका दिनमा बिभिन्न समय र स्थानमा यो कक्षामा सहभागि जनाईरहेको मेरो   सक्कर क्लब हो ।

जापान फुटवल एसोसियसनको औपचारिक (amateur) खेलाडिको रुपमा मेरो नाम दर्ता 



No comments: