Jan 17, 2015

ボンフィンフットボール

समिप डायरि । शुक्रबार, माघ २, २०७१
हाल फूटवल खेलीरहेको मेरो जे. फ्रन्टेज सक्कर स्कुलमा प्राथमिक तह (६ कक्षा १२ वर्ष उमेर सम्म) मात्र ट्रेनिङ्ग हुने भएकोले आउदो मार्च महिनामा मेरो ६ कक्षाको ट्रेनिङ्ग समापन हुदैछ । करिवन डेढ बर्ष ट्रेनिंङ गरेकोले निम्नतम आधारभुत कुराहरु संगै धेरै टेकनिकहरुको पनि ज्ञान भयो ।
मलाई सक्कर धेरै मनपर्ने भएकोले यसपछि सेकेण्डरि तहको कक्षाको निरन्तरको लागि अर्कै स्कुल वा क्लवमा अध्ययनको लागि धेरै ठाउँमा पापाले गत बर्षदेखी नै  सोधखोज गरिदिनु भएको थियो । तर जापानमा सेकेण्डरि तहको लागि सक्कर क्लब ठुलो अभाव र छिर्न साह्रै मुस्किल हुने कुरा पनि जानाकारि भयो ।
 
जेहोस, जसोतसो र मेरो भाग्यले होला मेरो घर देखि आढा घण्टाको बाटोमा बोनफिम फुटवल क्लब जुन तोसिमा सिटिकै सहयोग र संचालनको नयाँ क्लबले खेल हेरेर परिक्षामा पाँस भएमात्र भर्ना लिने कुरा गत बर्ष नै ओके भएको थियो ।
मेरो स्कुल, सक्कर र स्विमिङ्ग कक्षा पनि भएकोले आज मात्र उत्त क्लवमा परिक्षा तथा ग्राउण्ड निरिक्षण संगै अभ्यास पनि भयो ।
जेहोस, मेनेजर, कोचर र खेलाडिसंग पनि भलाकुसारि गर्दै ग्राउण्ड पनि राम्रो लाग्यो । साथै ३० मिनेटको परिक्षा र १ घण्टाको अभ्यास संगै बेलुकाको ९ बजेतिर मात्र कक्षा समाप्त संगै मलाई भर्नाको लागि अनुरोध आयो ।
आउने महिना फेब्रवरि देखी नै यस नया बोनफिम फुटबल क्लबमा एक खेलाडीको रुपमा भर्ना भई अभ्यास गर्ने तय भएको छ ।
उत्त BONFIM Football Park (ボンフィンフットボール)नामक क्लबको स्लोगान पनि अति नै राम्रो लागेको तलतिर जस्ताको तस्तै...



 

No comments: