Aug 24, 2002

SWIMMING

समिप डायरि ।  आफ्नै बारेमा

मेरो स्विमिन्ग स्कुल को बारेमा 
नाम : जुनियर स्विमिन्ग स्कुल
स्थान : विग् बक्स ताकाडानोवावा, टोक्यो जापान

शुरुदेखी पौडि अध्ययनको लागि ३० लेवलबाट शुरु गरिने भएता पनि मलाई भने निम्नतम आधारभुत कुराको ज्ञान भएकोले १८ लेवल देखी शुरु गर्ने कोचरबाट निर्देशन भयो । सोहि बमोजिम १८ लेवलको कक्षाबाट सुरु गरि हाल १ (एक) लेवलको कक्षा पुरा गरि त्यो माथीको ज्युन ईक्यु पुरा गरिसकेको छु ।
साधारण १ लेवल पुरा गरेपछि मात्र जुनियर कलास सम्पन्न (प्रफेक्ट) भएको मानिन्छ भने, प्रत्येक २ महिनामा परिक्षा पाँस गरेपछि मात्र माथीको कक्षा चढ्न पाईन्छ । महिले साँढे दुई वर्ष लगाएर १७ वटा कक्षा यानिकि १ लेवल सम्म सबै ए ग्रेडमा पाँस गरिसकेको सर्टिफिकेट समेत पाईसकेको छु । हालको कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने कोर्ष लिईरहेकोछु, जुन लेवलाई (ज्युन ईक्यु) भनिन्छ र पेशागत (प्रोफेसनल रुपमा) विसिष्ट टाईम लिने रणनिति संगै स्थरिय पौडिने ज्ञान र विधिहरु सिकाईन्छ । सक्दो माथी जाने योजना सहित कक्षामा तल्लिन छु ।

यो वर्षको आगमन अर्थात २०१६ साल संगै हाम्रो यस जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको (ज्युन ईक्यु लेवल) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । जस अनुसार फेब्रवरि १६ तारीखमा कोचरले ईन्डिभिज्यल मेडले, (個人メードレ、कोजिन मेडोरे), 「२५ मिटर बटरल्फाई/バタフライ」, 「२५ मिटर ब्याकस्ट्रोक/背泳ぎ」, 「२५ मिटर ब्रेयस स्ट्रोक/平泳ぎ」 र 「२५ मिटर क्लोल/クロール」 गरि जम्मा १०० मिटर पौडिएर समय नाप गर्नु भयो ।
पहिलो दिन "२ मिनेट ७ सेकेण्ड ६१" मा पार गर्न सफल भए भने दोस्रो दिन भने ४ सेकेण्ड छिटो वा "२ मिनेट ३ सेकेण्ड ५६" मा उत्त कोर्ष पुरा गरेको छु भने, त्यसपछिका दिनहरुमा पनि निरन्तर सोहि बमोजिम कक्षा  सुचारु भईराखेको छ, जस्को बिस्तृत विवरण र हाल सम्म कक्षा लिएको लेवल र पास गरेको सर्टिफिकेट सहित बिस्तृत तपसिल विवरण उल्लेख छ ...
साथै,
ब्याकस्ट्रोक-
backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ),
बटरफलाई-butterflyバタフライ), क्लोल-crawl(クロール)
तथा
फ्रिस्टाईल-freestyle自由形(じゆうがた)









                     

No comments: